निर्मलाका लागि न्याय माग्दै शीतल निवास अगाडि प्रदर्शन, १२ पक्राउ

28
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि राष्ट्रपति कार्यालय अगाडि बिहीबार विरोध प्रदर्शन गरिएको छ ।

अभियान्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शितल निवासअगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरु शितल निवास अगाडिको सडकमा प्लेकार्डसहित प्रदर्शन गर्न भेला भएका थिए । प्रदर्शन गर्ने १२ जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए । राष्ट्रपति निवास फर्कंदै गर्दा उनीहरुले उक्त क्षेत्रमा प्रदर्शन गरेका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here