पार्टीको एकताको मूल आधार स्थिर सरकार, राष्ट्रिय एकता र आर्थिक विकास : प्रचण्ड

404
  •  
  •  
  •  

काठमाडाैं, १७ कात्तिक (अाेएनएस) :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीको एकताको मूल आधार स्थिर सरकार, राष्ट्रिय एकता, आर्थिक विकास र २१ औं शताब्दीमा विश्व कम्युनिष्ट आन्दोलनमाकाे सन्देश दिने भन्ने आधारमा भएको बताएका छन्।

विजया दशमी,दिपावली एवं छठ पर्वको अवसरमा प्रदेश नम्बर ५ ले आयोजना गरको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘यी मूलभूत कुराहरुमा एउटा समझदारी र समिक्षा पछि मात्र हामी एकताको सहास गरेका हौं,’ प्रचण्डले भने, ‘विकासका लागि देशमा अहिले राजनीतिक पूर्वाधार तयार भइसकेको छ।’ कम्युनिष्ट पार्टीको एकता र बलियो सरकार गठन नभएकाे भए देशमा विकासको गति पैदा हुन सम्भव नहुने अध्यक्षको भनाइ थियो।

राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयता सहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गरिने अध्यक्षको धारणा थियो। रुपन्देहीको बुटवलमा आयोजित नेकपाको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्न   भैरहवाको गौतमबुद्ध विमानस्थलमा पुगेका अध्यक्ष प्रचण्डले पछिल्लो समय विमानस्थलको निर्माण प्रगति तथा गुणस्तरबारे निर्माण आयोजना प्रमुखसँग जानकारी लिए।  त्यस क्रममा विमानस्थल निर्माण कार्य समयमै सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन पनि दिए।

उनले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको बताए। उनले बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन् बढ्दै गएको बताए।  अध्यक्ष प्रचण्डले केहि प्रविधिक कारणले स्थानिय तहमा पार्टी एकता प्रकृया ढिलाई भएको स्पष्ट पारे।


  •  
  •  
  •