एशिया विश्व अर्थतन्त्रको ‘पावर हाउस’ : प्रधानमन्त्री प्रचण्ड

304
  •  
  •  
  •  

Prachandaकाठमाडाैं, १२ चैत (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एशिया विश्व अर्थतन्त्रको ‘पावर हाउस’ भएको बताएका छन् ।

चीनको हाईनानमा शनिबार सुरु बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन सत्रमा ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापार’ शीर्षकमा सम्बोधन दिँदै प्रम प्रचण्डले विश्व अर्थतन्त्रलाई गति दिने र आविष्कारको हव बन्ने दिशामा एशिया अघि बढेको बताए ।

विश्वव्यापीकरणलाई एशियाली मोडल बनाएर अघि बढ्नुपर्ने सुझाव दिँदै प्रम प्रचण्डले नेपालजस्ता भूपरिवेष्ठित मुलुकलाई ड्युटी फ्री, लचिलो व्यापार प्रक्रिया, क्षमतायुक्त व्यापारको वातावरण, सहज पारवहन, लगायतमा सहुलियत दिनुपर्ने बताए ।

विश्वव्यापीकरणले कुनै पनि मुलुकको विकास, प्रगति तथा आर्थिक समृद्धिलाई जोड दिने उनको भनाइ थियो । नेपालमा सम्भावना रहेको जलविद्युत तथा पर्यटनमा लगानी गर्न समेत प्रचण्ड एसियाली लगानीकर्तालाई आग्रह गरे ।


  •  
  •  
  •