प्रधानमन्त्री भन्छन्, ‘लोडसेडिङ क्रमशः अन्त्य गरिँदै’

prachandकाठमाडौं, २७ पुस (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकमा क्रमशः लोडसेडिङको अन्त्य गरिँदै लगिएको बताएका छन् ।

नेपाल चेम्वर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभाको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रम प्रचण्डले लोडसेडिङको अन्त्य गर्दै हाल सञ्चालनमा रहेका उद्योगमा नियमित विद्युत आपूर्ति र नयाँ उद्योगका लागि विद्युत बिस्तार गर्न सरकार लागेको बताए ।

प्रम प्रचण्डले उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधा सन्दर्भमा विद्युत बितरण प्रणालीलाई सुदृढ गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको बताए । ‘औद्योगिक विकासका लागि अत्यावश्यक रहेको विद्युत आपूर्तिका लागि सरकारले विद्युत चुहावटलाई नियन्त्रण गर्ने र नयाँ तथा ठूला जलासययुक्त विद्युत आयोजनाको सञ्चालन गर्ने सरकारको नीति रहेको छ,’ उनले भने ।

िविद्युत चुहावटको सवाल सरकारको मात्रै चासो र चिन्ताको विषय नभएको चर्चा गर्दै प्रचण्डले मुलुकको अर्थतन्त्रको सवलीकरणको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण पूर्वाधार भएकाले लोडसेडिङ अन्त्यको सरकारी प्रयासमा निजी क्षेत्रको सहयोग र सद्भावको अपेक्षा गरिएको बताए ।

SHARE