पिपिएलः चितवन राइनोज ६ विकेटले विजयी, उपाधिको लागि पोखरा पल्टनसँग खेल्ने

14
  •  
  •  
  •  

पोखरा, १८ कात्तिक (ओएनएस): पोखरामा जारी पोखरा प्रिमियर लिग पिपिएलमा फाइनल प्रवेशको लागि चितवल राइनोज र काठमाडौं रोयल्स विच भएको खेलमा चितवन राइनोजले काठमाडौँलाई ६ विकेटले पराजित गरेको छ ।

यस जितसँगै चितवन फाइनलमा प्रवेश गरेको छ । अब उपाधिको लागि चितवनले पोखसा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा पल्टन लिगको शिर्ष स्थानमा रहदै यस अघि नै फाइनलमा प्रवेश गरिसकेको थियो । फाइनल खेल भने आउदो मंगलबार दिउस ११ बजेबाट सुरु हुने छ ।

९५ रनको लक्ष्य पछ्याएको चितवन राइनोजको १८.२ ओभरमा आफ्नो लक्ष्य पुरा गरेको थियो । चितवनको जितमा स्मित पटेलले सर्वाधिक ३८ रन बनाए । उनले ४३ बलमा तिन चौका प्रहार गरेका थिए । यस्तै हरिशंकर साहाले २६ रन बनाए भने आरिफ शैखले २० रनमा नटआउट रहे । कप्तान पारस खड्का चार बल खेल्दै २ रन बनाएर आउट हुन पुगे भने अनिल साह एक रनमै पेभिलिएन फकिए । बलिङ उत्कृष्ट गरेका सन्नी पटेल ६ रनमा नटआउट रहे ।

काठमाडौं रोयल्सको लागि सवास भारिले तिन विकेट लिए भने पवन श्राफले एक विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले ९४ रनमा अल आउट हुन पुगेको थियो । काठमाडौंलाई सस्तैमै समेट्नको लागि चितवन टिमका सन्नी पटेलले चार ओभरमा तिन विकेट लिदै ९ रन खर्चेका थिए । खेलको म्याच अफ प्लेयर पसिन सन्नी पटेल नै भएका छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here