पीपीएलको उपाधि पोखरा पल्टनलाई

500
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक (ओएनएस) : नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टन हात पारेको छ।

पोखरामा मंगलबार सम्पन्न फाइनल खेलमा शरद भेषवाकरको नेतृत्वमा रहेको पोखराले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो।

पाधिसँगै उसले २७ लाख रूपैयाँ पुरस्कार पाएको छ, भने उपविजेता चितवनले १० लाखमा चित्त बुझाएको छ।
चितवनले दिएको १ सय ६० रनको लक्ष्य पोखराले ७ विकेटको क्षतीमा पूरा गरेको हो। पोखराका लागि रविन्दर सिंहले सर्वाधिक ९० रन बनाए। पोखराका लागि मोहम्मद नावीले २५ र कप्तान शरद भेषवाकरले २२ रन बनाएका थिए।

चितवनका लागि भुवन कार्कीले दुई विकेट लिए भने पारस खड्का, सन्नी पटेल र करन केसीले एक(एक विकेट लिएका थिए। चितवनले १६० रन बनाउने क्रममा कप्तान पारस खड्काले ५१ रन, सन्नी पटेलले ४३ रन र अनिल साहले ३७ रन बनाएका थिए। पोखराका लागि कृष्ण कार्कीले दुई तथा ललित राजवंशी र मोहम्मद नावीले एक(एक विकेट लिएका थिए।


  •  
  •  
  •