पिपिएलः फाइनल पुग्नको लागि चितवन राइनोजलाई ९५ रनको लक्ष्य

12
  •  
  •  
  •  

पाेखरा, १८ कात्तिक (अाेएनएस) : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा फाइनल प्रवेशको लागि नेपाली राष्ट्रिय टोलीका क्याप्टेन पारस खड्को टिम चितवन राइनोज र उपकप्तान ज्ञानेन्द्र मल्लको टिम काठमाडौँ रोयल्य विच भएको खेलमा चितवन राइनाेजले मात्र ९५ रनकाे लक्ष्य पाएकाे छ ।

निर्धारित २० अाेभरमा तिन बल बाँकि छदा काठमाडौँ रोयल्य ९४ रन बनाएर अल अाउट हुन पुगेकाे थिया । काठमाडौँलाई ९४ रनमै रोक्तका लागि स्पिनर सन्नी पटेलले एकै ओभरमा तीन विकेट लिएका थिए । पेटलले खेलको दोस्रो ओभरमा नै विकेट लिएका थिए ।

टस जितेर पहिला ब्याटिङको लागि उत्रेको काठमाडौँ रोयल्स सुरुको ओभरमा आक्रमक देखिएको थियो । कोठमाडौँले पहिलो ओभरमा १५ रन बनाएको थियो । दोस्रो ओभर बलिङ गर्न आएका पेटेलले तिन विकेट लिए पछि काठमाडौँले खराब प्रदर्शन गरेको थियो । काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए भने जयकिशन कोल्सावाले २५ रनमा आउट भएका थिए । अन्य व्याट्म्यानहरुले दोहोरो रन बनाउन सकेनन् ।

काठमाडौँलाई सस्तैमै समेट्नको लागि सन्नी पटेलले ४ ओभरमा ९ रन खर्चदै ३ विकेट लिए भने भुवन कार्कीले १० रन खर्चदै २ विकेट हात पारे । स्मित पटेलले २ तथा करण केसी र पारस खड्काले समान१–१ विकेट लिएका थिए ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । लिगको शीर्षस्थानमा रहँदै घरेलु टोली पोखरा पल्टन फाइनलमा पुगिसकेको छ । फाइनल मंगलबार हुनेछ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here