पोखरा महानगरमा एमाले विजयी जीसी मेयरमा निर्वाचित

469
  •  
  •  
  •  

कास्की, ११ जेठ (ओएनएस) पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमाले मानबहादुर जीसी मेयरमा निर्वाचित भएका छन् । जीसी ६० हजार ४ सय २३ मत ल्याए नेपालको सबैभन्दा ठूलो महानगरको मेयर निर्वाचित भएका हुन्।

अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाए । जीसी १४ हजार ७ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । कांग्रेस र राप्रपाको गठबन्धनका बाबजुद एमाले विजयी भएको कास्की एमालेका नेताहरुको भनाइ छ ।

उमपयेरमा पनि एमालेकै मञ्जुदेवी गुरुङ —निर्वाचित भइन् । उनले ५६ हजार ४ सय ४८ मत पाइन् ।नेपाली कांग्रेसकी सरस्वती गुरुङले भने ४४ हजार ३ सय ३८ मत पाइन् ।

३३ वडामध्ये २२ वटामा एमाले र ११ वटामा कांग्रेस वडाध्यक्षामा विजयी भएको छ ।


  •  
  •  
  •