बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

पोखरालाई देशकै पहिलो स्मार्टसिटी बनाउने तयारी

pokhara
पोखरा, ४ असोज (ओएनएस): पोखरालाई देशकै पहिलो स्मार्टसिटी बनाउन तयारी थालिएको छ । स्मार्टसिटी बनाउनका लागि न्यू आइटीभेन्चर कर्पोरेसन र पोखरा लेखनाथ महानगरपालिकाबीच बुधबार सम्झौता भएको छ ।

सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपि) अवधारणा अन्तर्गत सो समझदारीपत्रमा हस्ताक्षर भएको हो । बुधबार न्यू आइटी भेन्चरका तर्फबाट कार्यकारी संचालक तादासी मोरी र पोखरा लेखनाथ महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

 

समझदारी अनुसार विश्वप्रसिद्ध पर्यटकीय नगरीका रुपमा स्थापित पोखरामा पर्यटन आगमन बढाउन र स्थानीय सुरक्षा प्रत्याभूतिका लागि सूचना तथा संचार प्रविधिको उपयोग गरिने छ ।

त्यसै गरी महानगरपालिका लागि संघीय व्यवस्था अनुसार नयाँ नियम, कानुन बनाउने जस्ता चुनौतिहरु कायमै रहेका सन्दर्भमा प्रशासनिक क्षेत्रमा मात्र स्मार्ट सिटीका आधारस्तम्भ मानिने मेगा आईसिटी परियोजनालाई दृष्टिगत गरी एनआईटिभीले पोखरालाई नेपालको पहिलो स्मार्ट सिटी बनाउने योजना अघि सारेको हो ।

समझदारीपत्रमा पोखरा लेखनाथ महानगरपालिकाका महत्वपूर्ण सरकारी स्वामित्वका सूचना संयन्त्रहरु, सामाजिक सेवा र सूचना केन्द्र, विद्यालय पुस्तकालय र थप शिक्षा प्रणाली, अस्पताल बिमा र उपचार प्रणाली, यातायात, खानेपानी, फोहर व्यवस्थापन, ऊर्जा र कानुनका विषयमा प्राविधिक सेवा दिने रहेको छ ।

यो समझदारीको मुख्य उद्देश्य पोखरा लेखनाथ महानगरपालिकालाई नेपालको स्मार्ट सिटीको रुपमा विकास गर्नु रहेको छ । यसका लागि महानगरपालिकामा स्मार्ट सिटी हव कार्यालय गठन गरिने छ । यसपछि पोखरामा स्मार्ट आईटी परियोजनाको चाहना र आवश्यकताका साथै त्यसका प्राथमिकताका बारेमा अध्ययन गरिनेछ ।

Comments are closed.

'
Scroll To Top