जनप्रतिनिधिहरुलाई विदेश जान रोक्ने मन्त्री पण्डित आफैं विदेश जाँदै

20
  •  
  •  
  •  

काठमाडौं, २६ भदाैँ (अाेएनएस) : जनप्रतिनिधिहरुलाई विदेश जान रोक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफै विदेश जाँदैछन्। मन्त्री पण्डित भदौ ३१ मा पत्नी विमला महत, सहसचिव केदारप्रसाद पनेरु र स्वकीय सचिव मनोज राईलाई लिएर चीन भ्रमणमा जान लागेका छन् ।

चीनको सिचुवान प्रान्तको छेन्दुमा १ देखि ५ असोजसम्म हुने ‘१७ औं वेस्ट्रन चाइना इन्टरनेशनल फेयर’ मा भाग लिन मन्त्री पण्डितसहितकाे टाेली भ्रमणमा जान लागेका हुन् ।

यसअघि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख विदेश भ्रमणमा जान खोज्दा मन्त्री पण्डितले उनीहरुलाई विदेश भ्रमणमा जान राेक लगाउनुका साथै अनुमतिसमेत दिएका थिएनन्।

आयोजकहरुकै खर्चमा विदेश भ्रमण गर्न खोजेका जनप्रतिनिधिलाई विदेश जान रोकेका मन्त्री पण्डित आफू आयोजककै खर्चमा चीन जान लागेको मनत्रालयका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताए।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here