प्रधानमन्त्री ओली असार ५ मा चीन जाने निश्चित, काे-काे छन् जम्बाे टाेलीमा ?

76
  •  
  •  
  •  

काठमाडौँ, ३० जेठ (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिने औपचारिक भ्रमणमा चीन जान लागेका छन्।

प्रम अाेलीकाे असार ५ देखि १० गते सम्म चीन भ्रमणकाेकार्यक्रम तय भएको छ । चिनियाँ समकक्षी ली खछियाङ्गको निमन्त्रणामा प्रम ओली चीन जान लागेकाे परराष्ट्र मन्त्रालले जनाएकाे छ। बुधबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण मिति घोषणा गरेको हो ।

ओलीको साथमा श्रीमती राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री बर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल चीन जाने तय भएको छ । सांसद तथा उच्च सरकारी पदाधिकारी पनि सहभागी हुने परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्रीले बेइजिङ्मा नेपाल चीन बिजनेस फोरम र बिज्ञहरूलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ । भ्रमणका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भनिए पनि बिस्तृतमा खुलाइएकाे छैन । स्वदेश फर्कने क्रममा प्रधानमन्त्रीले तिब्बतको ल्हासामा प्रान्तीय अधिकारीसङ्ग पनि ओलीको भेटवार्ता हुने छ ।


  •  
  •  
  •