​शंखधर साख्वा न्याय र समानताका अभियान्ता : प्रम ओली

8
  •  
  •  
  •  

काठमाडौं, २२ कात्तिक (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक,राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन्।

नेपाल संवतको नयाँ बर्ष ११३९का अवशरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्। प्रधानमन्त्री ओलीले शाख्वाकै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको बताए।
शाख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ।

प्रधानमन्त्री ओलीले नेपाल संवतको सुरुवातको घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गरे ‘शंखधर शाख्वाःले ११३९ बर्ष अघि ऋणमा बाँधिएका गरिव किसानहरुलाई आफ्नै सम्पती खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो ।

त्यही बेलादेखि सुरु भएको नेपाल संवतले हामीलाई हरेक बर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्न समेत यो संवतले हामीलाई झक्झक्याउदै आएको छ।’

शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उहाँ शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे।

‘काठमाडौं उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवतका प्रवर्तक,समाज सुधारक तथा प्रगतिशिल व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु,’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यसैबीच, नेपाल संबत ११३९ नयाँ बर्षका अवसरमा आयोजना गर्न तयारी गरिएका सवै औपचारिक कार्यक्रम पछि सारिएका छन् । नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति ११३९ को बैठकले नेपाल संवत् आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधन भएपछि शोक स्वरुप औपचारिक कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरेको हो।

नयाँ बर्ष ११३९ कछलाथ्व पारु का अवसरमा कार्तिक २२ गते बसन्तपुरमा मुल समारोह आयोजना गर्ने कार्यक्रम तय भएको थियो । हाल स्थगित भएका कार्यक्रम तुलाधरको तेह्रौं दिनको तिथि पछि अनुकुल पारेर आयोजना गरिने मूल समारोह समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

चन्द्रमास अनुसार गणना हुने नेपाल संवत नेपालको मौलिक संवत हो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here