बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

उपत्यकाको तरकारी वजार अनुगन तीव्र पारिने

उपत्यकाको तरकारी वजार अनुगन तीव्र पारिने

काठमाडौँ, २७ कात्तिक (ओएनएस) : उपत्यकामा तरकारीको अस्वाभाविक मुल्यवृद्धिमा बिचौलियाको भुमिका हुन सक्ने ठहर गर्दै बजार अनुगमन अभियान तीब्र पारिने भएको छ । उपत्यकामा तरकारीको मूल्य अकासिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चासो व्यक्त गरेको छ । आइतबार प्रधामन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएर छलफल गरिएको थियो ।

कृषि विकास मन्त्रालय, गृह मन्त्रालय, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्ता हित समूह, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति र सञ्चारकर्मीहरु छलफलमा उस्थित थिए । मूल्य नियन्त्रण गर्न बजार अनुगमनमा विशेष जोड दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले प्रेस विज्ञप्ति मार्फत् जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषदका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले कृषि विकास मन्त्रालयले तरकारी बजारको नियमित अनुगमन गर्ने, तरकारी बजारलाई विशेष लक्षित गरी अनुगमनमा कडाइ गर्ने, जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयहरुले बजार अनुगमन तीब्र पार्ने र अनुगमनको प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई दिनुपर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

तरकारी मूल्य वृद्धिमा बिचौलियाहरुको चलखेल हुनुका साथै व्यापारीहरु उपर राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागलाई परिचालन गर्न अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, हाल भइरहेको मूल्य वृद्धि अझै पनि घटेन भने पुनः प्रधानमन्त्री कार्यालयमा बैठक बसेर थप कदम चाल्ने विज्ञप्तिमा जनाइएको छ ।

Comments are closed.

'
Scroll To Top