कला, साहित्यको अन्तर्राष्ट्रियकरणमा सरकारले सहयोग गर्छु : प्रधानमन्त्री दाहाल

373
  •  
  •  
  •  

DSC1135-848x478काठमाडौं, ९ असोज (ओएनएस)  :प्रधानमन्त्री पुष्पकमल दाहालले कला, साहित्य, र संगीत बिनाको जीवन निरस हुने बताएका छन् ।

आइतबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नवौैं प्राज्ञ सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्राकृतिक सम्पदाहरु संगीत, कला र साहित्यका उर्भरभूमि रहेको चर्चा गरे ।
‘राष्ट्रिय विविधता हाम्रा कला, साहित्यका गौरव हो । साहित्य, कला र संगीतले जीवनलाई रसपूर्ण र उर्जाशील बनाएका छन् । कला, साहित्य र संगीत बिनाको जीवन निरस हुन्छ,’उनले भने ।

नेपाल कला, साहित्य र संगीत अथाह र विश्वव्यापी रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले नेपाली कला, साहित्यको अन्तर्राष्ट्रियकरणमा सरकारले आवश्यक सहयोग गर्ने बताए । ‘हाम्रो कला, साहित्य र संगीतलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि नेपालमा रहेका दुताबासमा साहित्य, कला र संगीत क्षेत्रका प्रतिनिधिको प्रतिनिधित्व गराएर यसको अन्तर्राष्ट्रिय तहको प्रचारका लागि मैले सम्भव प्रयत्न गर्नेछु ।’


  •  
  •  
  •