पार्टी एकताको लिखित सहमति भएको भोलिपल्टै फुट्यो माओवादी पार्टी

124
  •  
  •  
  •  

काठमाडाैँ,८ फागुन (ओएनएस): प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाटी एकताको ७ बुँदे लिखित सहमति भएको भोलिपल्टै माओवादी पार्टी फुट्को छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लिखित सहमति भएको भोलिपल्टै माओवादी नेता गोपाल किरातीले पार्टी एकताको बिरोध गरेका छन् । मंगलबार एक प्रेस विज्ञप्ति सार्वजानिक गर्दै नेता किरातीले जनयुद्ध शहिदहरुको अपमान हुने गरि प्रचण्डले माओवादी आन्दोलनको बिघठन गरेको आरोप लगाएका छन् ।

उनले विज्ञप्तिलार्इ सामाजिक सञ्जाल फेसबुकमा समेत पाेष्ट गररेका छन्। उनले पार्टी एकतामा नजाने नेताहरु नेकपा माओवादी केन्द्र महाधिवेशन समुह गठन गरेर महाधिवेशनमा जाने समेत आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा माओवादी केन्द्र पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु ।’

 


  •  
  •  
  •