बालकलाई बन्धक बनाइ फिरौती माग्ने पक्राउ

28
  •  
  •  
  •  

भद्रपुर, २६ मंसिर(ओएनएस) : भारतीय ७ वर्षिय बालकलाई अपहरण गरी बन्धक बनाइ भारतीय पन्ध्रलाख रुपैयाँ फिरौती मागेको आरोपमा एक दम्पतीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरिगञ्ज गाउँपालिका– ६ खजुरगाछीका ४७ वर्षिय बद्री यादव, सोही गाउँपालिका –४ कदमगाछीका ३१ वर्षिय बिटु भन्ने श्रीप्रसाद गोडी मुखिया र उनकी श्रीमती २७ वर्षिया अञ्जु देवी मुखिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यादवलाई गौरीगञ्ज चोक, मुखियालाई घर नजिकै कदमगाछी र महिलालाइ दमक– ५ गोर्खाली टोल स्थित देउराली होटलको कोठा नम्बर १०७ मा बालकलाइ बन्धक बनाइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र कुमार श्रेष्ठले आरोपितलाई मंगलबार पक्राउ गरी बुधबार बिहान सार्वजानिक गरिएको बताए ।

भारत बिहार राज्यस्थित सुपौल जिल्ला किसनपुर थाना,चोहट्टा पञ्चायत ठाढीधता– २ पोष्ट मौजाहा(८५२१३१) बस्ने मोहमद् सद्दामको ससुराली घर राघोपुर थाना देवानगञ्ज–२ बाट अन्दाजी १८—२० वर्षका अज्ञात व्यत्तिले सद्दामका सात वर्षीय छोरा महफुज आलमलाई भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाएका थिए ।


  •  
  •  
  •