पेट्रोलियम पदार्थको मूल्य घट्यो

22
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर (अाेएनएस)  :  सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमाप्रति लिटर  २ घटाउने निर्णय गरेको हाे। उक्त निर्णय साेमबार राति १२ बजेबाट लागू भएकाे छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल  ९९ खरीद गर्न सकिने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि पेट्रोल  १ सय १४ तथा डिजेल र मट्टितेल प्रतिलिटर  १ सय १ मा खरीद बिक्री हुँदै आएको थियो। हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएकाे छ।

 


  •  
  •  
  •