शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

घरमा पत्र लेखेर एक व्यक्ति १० दिनदेखि बेपत्ता

चितवन, ५ असार (ओएनएस) : गोर्खा नाम्जुङ घर भई चिवतन भरतपुर वडा नं १५ मा बस्दै आएका एक व्यक्ति घरमा आफू अपहरण हुन सक्ने जानकारीसहितको पत्र छोडेर बेपत्ता भएका छन् ।

५१ वर्षीय धर्मदत्त लामिछाने विगत १० दिनदेखि बेपत्ता भएका छन् । अघिल्लो शनिबार बिहान गोर्खा जाने भनेर हिडेका लामिछाने सम्पर्कमा आउन सकेका छैनन् ।

उनले जानुअघि घरमा एउटा कागजमा गोर्खाकै गाउँको एक महिलाले अपहरण गर्ने धम्की दिएको र आफू घर नपुगेर केही भएमा ती महिला जिम्मेवार हुने लेखिएको पत्र छोडेको छोरा दीपक लामिछानेले बताए ।

उनी बेपत्ता भएपछि प्रहरीले ती महिलालाई झिकाएर अनुसन्धान गरिरहेको छ । महिलाले पनि आफूलई फसाउन खोजेको भन्दै उल्टै प्रहरीमा निवेदन दिएकी छन् ।

Comments are closed.

'
Scroll To Top