शनिबार, बैशाख १6, २०७४ | Saturday, April 29, 2017
न्युज अपडेट

महिनावारीका बेला यी देशमा पाइन्छ विदा

periodकाठमाडौं,  पुस (एजेन्सी) : महिनावारी भएका बेला महिलाहरूलाई धेरै समस्या हुने गर्दछ । महिनावारीका बेला कम्मर, पिठ्यु तथा पेट दुख्ने समस्या हुन्छ । जसकारण यो समयमा महिलालाई काम गर्न पनि समस्या हुने गर्छ ।

केही यस्ता देश छन्, जहाँ महिनावारी भएका बेला विदा दिने गरिन्छ । महिनावारी भएका बेला महिलालाई २ देखि ३ दिनसम्म विदा दिने देश यी हुन् ।

इन्डोनेशिया
इन्डोनेशियाको कानुन अनुसार कम्पनीले महिनावारी भएको समयमा कम काम गराउनु पर्दछ । यदी आवश्यक परे विदा समेत दिनु पर्ने कानुनी व्यवस्था छ । यद्यपी, केही कम्पनिले भने उक्त कानुनको पालना गरेका छैनन् ।

जापान
महिनावारी भएका बेला विदा दिइनु पर्ने भन्दै जापानमामा केही वर्ष अघिदेखि आवाज उठेको थियो । जापानमा सन् १९४७ देखि महिनावारी भएकालाई विदा दिइन्छ ।

ताइवान
ताइवानमा महिनावारी भएका बेला विदा दिने व्यवस्था छ । योसँग त्यहाँका कम्पनीले के नियम बनाएका छन्, भने ‘महिनावारी भएका बेला घरबाट पनि काम गर्न सक्छन ।’

चीन
महिनावारी भएका बेला विदा दिनेगरी कानुन बनाउनु पर्ने भन्दै चीनमा कयौं पटक आन्दोलन भयो । त्यसपछि चीनमा पनि महिनावारी भएका बेला विदा दिइन थालिएको छ ।

साउथ कोरिया
महिनावारी भएकालाई विदा दिनेगरी साउथ कोरियामा सन् २००१ मा कानुन बनेको थियो ।

Comments are closed.

'
Scroll To Top