पेरिसको वेन्डोम इलाकामा चोरको बिगबिगी, राजकुमारीको चोरीयो १० करोडको गहना

80
  •  
  •  
  •  

काठमाडौं, २६ भदाैँ (एजेन्सी) : पेरिसको वेन्डोम इलाकामा चोरको निकै बिगबिगी रहेकाे त्यहाँका संचारमाध्यमाहरुले जनाएका छन्। साेही स्थानमा रहेकाे चर्चित होटल रिजबाट साउदी अरबकी राजकुमारीको आठ लाख युरो (करिब १० करोड रुपैयाँ) को गहना हराएको छ । यसबारे पुलिसले सोमबार जानकारी दिएको हो ।

नाम नखुलाइएकी राजकुमारीले आफ्नो गहना शुक्रबार अपरान्ह हराएको बताएकी छिन् । कोठामा कुनै प्रकारको तोडफोड नभएको पुलिस स्रोतले जनाएकाे अन्तराष्ट्रिय संचारमाध्यमाहरुले जनाएका हुन्। रिजका प्रवक्ताले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।


  •  
  •  
  •