अभिनेता नाना पाटेकरले यस्ताे गरेपछि यी नायिकाले मचाइन् सुटिङ सेटमै हल्ला!

37
  •  
  •  
  •  

काठमाडौं, २७ भदाै (एजेन्सी) : अभिनेता नाना पाटेकारमाथि बलिउड सुपरहिट नायिका तनुश्री दत्ताले यौन दुर्व्यवहारकाे गरेकाे आरोप लगाएकी छिन् । तनुश्री दत्ताकाे यस्ताे अाराेपले बलिउड क्षेत्रनै तरङ्गित बन्न पुगेकाे छ ।
उनलले एउटा फिल्मको सुटिङका क्रममा नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।

‘सुटिङ सेटमा म डान्स अभ्यास गरिरहेकी थिएँ । नाना आए र मलाई च्याप्प पाखुरामा समातेर आफूतिर टाँसे’, नायिका तनुश्रीले भनेकी छिन्, ‘म तिमीलाई डान्स सिकाउँछु । म डराएँ र कुदेर भ्यानिटी भ्यानमा गएँ । त्यहाँ मेरी आमा हुनुहुन्थ्यो ।’

‘उहाँलाई मैले सुनाएँ सबै कुरा सुनाएँ’, उनले भनिन्, ‘आमा र म भएर सुटिङ स्पटमै हंगामा गर्‍यौं । पछि नानाले माफी मागे ।’

अभिनेता नाना पाटेकरले माफी मागेपछि यौन दुर्व्यवहारको घटनालाई गुपचुप राख्ने सहमति भएको उनले बताएकी छिन् । तनुश्रीले धेरै फिल्म खेलेकी छैनन् । तर, नाना पाटेकरसँग फिल्म खेलेकी छैनिन् ।

उनी अब बिग बोसको नयाँ सिजनमा देखिदैछिन् । यो सिजनमा तनुश्री आफैं बहिनीसँगै सहभागी हुने भएकी छन् । एजेन्सी


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here