पार्टी एकताकाे भोलीपल्टै माओवादी केन्द्र पुनर्गठनको आह्वान

112
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ (ओएनएस) : बिहिबार मात्रै नेपालमा दुई ठुला बामपन्थी कम्युनिष्ट दल माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भयो तर पार्टी एकिकरण भएकाे भाेलीपल्ट माअाेवादी नामकै पार्टी पुर्नगठनकाे लागि अाह्वान गरिएकाे छ।

केही महिनाअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाहिरिएका नेता गोपाल किराँतीले एक प्रेस विज्ञप्तिमार्फत माओवादी केन्द्रको पुनर्गठनमा जुट्न सबैलार्इ आग्रहसहित अाह्वान गरेका छन् ।

उनले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नव प्रतिक्रियावादी कित्तामा पलायन भएको गम्भीर आरोप लगाएका हुन्।

नेता किरातीले एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखिनै प्रचण्ड नेतृत्वको माओवादीसँग सम्बन्ध विच्छेद गरेको स्पष्ट पार्दै आफुहरुले दुईलाइन संघर्षको लागि आठौ महाधिवेशनको माग गर्दा उल्टै निश्काशन गरिएको आरोप समेत लगाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको भोलिपल्ट नेता किरातीले

शुक्रबार एक विज्ञप्ति जारी गरी प्रचण्ड नेतृत्वको पार्टीले माक्र्सवाद, लेनिनवाद, माओवादको विचार र बल प्रयोगको सिद्धान्तमा आधारित विचारधारा त्यागेको आरोप लगाएका हुन् ।

 

 


  •  
  •  
  •