माघ पहिलो सातासम्म पार्टी एकता : मन्त्री थापा

16
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापाले माघको पहिलो सातासम्ममा पार्टी एकता प्रक्रिया टुंगोमा पुग्ने बताएका छन् ।

नेकपा पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले पार्टी एकिकरणको बाँकी कामको गृहकार्य गर्न गठित कार्यदलले एकता प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताए ।

कार्यदलको संयोजक समेत रहेका थापाले पार्टीको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताए ।
मन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here