पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि शुरु

24
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर(ओएनएस) । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप शुरु भएको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु भएको प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुनेछ ।

पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माका अनुसार एक महिनाको अवधिमा सम्बन्धित खेल संघले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ ।

प्रतियोगितामा एक हजार एकसय खेलाडीको सहभागिता रहनेछ । करीब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १ सय ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।


  •  
  •  
  •