पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

295
  •  
  •  
  •  

काठमाडाैं, १७ असाेज : टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो ।

सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन्। कान्तिपुरमा खबर छ।

पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।

२०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरीयामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीक र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

कागजी रुपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला अड्डामा आफैँ जाने गरेका छन्।


  •  
  •  
  •