बिहीबार, फागुन १९, २०७३ | Thursday, March 02, 2017
न्युज अपडेट

‘पानीपुरी’ सँग जोडिएका रोचक प्रसंग यस्ता छन् 

pani puriकाठमाडौं,  पुस (एजेन्सी) : ‘पानीपुरी’ युवापुस्ताले बढी रुचाउने गरेका छन् । नेपालमा प्राय: युवतीहरुले धेरै रुचाउने गरेको खानेकुरा हो ‘पानीपुरी’। ‘पानीपुरी’ नेपालमा मात्र हाेइन विश्‍वभर नै रुचाइन्छ।

‘पानीपुरी’ को स्वाद चाख्‍न विशेष गरी सडकमा युवतीहरुको लाइन नै लाग्‍ने गर्छ, त्यसमा युवाहरुकाे पनि कमी हुँदैन । 

पानीपुरी कहाँबाट आयो  ?, प्राय: युवायुवती पानीपुरी किन  रुचाउछन ? यसको रोचक प्रसँग यस्तो छ।

पानीपुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो। यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्‍ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्‍ने गरिन्छ। सर्वप्रथम यहीबाट पानी पुरी बनाइएको थियो।

र, यही पानीपुरी चर्चित हुँदै विश्‍वभर फरकफरक नामबाट परिचित हुनपुग्यो। यसलाई कुनै ठाउँमा गोलगप्पाको नामबाट चिनिन्छ भने कही ठाउँमा पानीपतासेको नामबाट ।

यसका साथै पानीपुरीलाई खाली पकौडाको नामबाट पनि चिचिन्छ  । कहीँ वादिस्ट चाट व्‍यञ्जनको नामबाट चिनिन्छ।  पानीपुरी खाँदा मानिसको जिब्रोमा स्वादको मज्जा भरिदिनुका साथै नखार्इ नहुने बानीको विकास समेत गरिदिन्छ  । जसले गर्रदा पानीपुरी खाऔखाऔ  लाग्छ ।

पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ।यतिमात्रै नभई यसले
साथीसँगको सम्बन्धलाई झन गाढा बनाइदिने गरेका छन्। यही कारण युवतीहरु प्राय: पानीपुरी खान पल्किरहेका हुन्छन्। किनकी युवती साथीसँग रमाउन र मित्रतालाई सधै गाढा बनार्इराख्‍न चाहन्छन्।

एक अनुसन्धानले पानीपुरी पुरै क्यालोरी फूड भएको बताइएको छ। यसको एक प्लेट पानीपुरीमा चार वटा पीस हुने गरेको छ भने त्यसमा करिब १ सय क्यालोरी हुने गर्छ। तर, मानिसहरु एकै पटक धेरै खाएर शरीरलाई अस्वस्थ बनाइरहेका हुन्छन्।

यसका साथै यसलाई शरीरको तौल घटाउने वा बढाउने उद्देश्‍यले खानुहुँदैछ भने पनि यसले तपाईलाई फाइदा गर्दैन किनकी यसले न तपाईको तौल घटाउँछ न बढाउँछ।  किनकी यो एक प्रकारको जंक फूड पनि हो।

Comments are closed.

'
Scroll To Top