सरकारले पानीजहाज चलाउन कार्यालय स्थापना गर्दै

7
  •  
  •  
  •  

काठमाडौैं, २ माघ(ओएनएस) : पानीजहाज सञ्चालन गर्न सरकारले आज कार्यालय स्थापना गर्दैछ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत ललितपुरको एकान्तकुनमा स्थापना हुने कार्यालयको प्रधानमन्त्री केपी ओलीले आज उद्घाटन गर्ने कार्यक्रम छ ।

गत माघ ३ गतेको मन्त्रीपरिषद बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसको एक महिनापछि कार्यालय स्थापना हुने भएको हो । कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी यसअघि नै सरकारले स्वीकृत गरिसकेको छ । कार्यालय स्थापना भएपछि पानीजहाज संचालन गर्ने औपचारिक कार्यको थालनी हुने मन्त्रालयले जनाएको छ ।

१५ दिनभित्र पानी जहाज कम्पनी दर्ताका लागि सूचना निकाल्ने मन्त्रालयले जनाएको छ । भारततर्फ बगेका नारायणी र कोशीमा पानी जहाज संचालन गर्ने सरकारको तयारी छ । सो विषयमा भारतसँग आगामी मार्चामा द्विपक्षीय छलफल समेत हुन लागेको छ ।

भारतीय सामुन्द्रीक बन्दरगाहदेखि नेपाली सीमासम्म पानी जहाज संचालन गर्ने विषयमा दुई देशले आन्तरिक रुपमा छलफल गरिरहेका छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here