मंसिर पहिलो हप्ताभित्रै संघीय कानून आउँछ : मन्त्री पण्डित

‘अब विकास निर्माणका काम द्रुत गतिमा’
7
  •  
  •  
  •  

काठमाडौं, २४ कात्तिक (अाेएनएस) :  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकास निर्माणका मुल कामहरु अब द्रुत गतिका साथ अघि बढाउने र जनताले चाहेजस्तो परिणाम पनि आउने बताएका छन्।

शनिबार राजधानीमा अायाेजित साक्षात्कारमा मन्त्री पण्डितले भने,‘बर्खा सकियो अब विकास निर्माणका कामहरु पूर्ण र द्रुत गतिका साथ अघि बढ्छन्। जनताले चाहेजस्तो परिणाम आउँछ।’

संघीय सरकारले अघि सारेको बजेट र प्रदेश सरकारहरुले अघि सारेका बजेटहरु पूर्ण गतिका साथ कार्यान्वयनमा जाने दाबी गर्दै मन्त्री पण्डितले सरकारले परिणाम दिनेगरी धमाधम काम गरिरहेको बताए।

आफ्नो मन्त्रालयले  कात्तिकको ८, ९ र १० गते सम्बन्धित निकायहरुसँग तराई–मधेश समृद्धिको प्रस्ताव माग गरेको सुनाउँदै उनले अागामी मंसिर ८ गते प्रस्ताव पेश गर्न समय दिएको बताए। ‘अब विनियोजित बजेटहरु विकास निर्माणका काममा तीव्रता प्रदान गर्छ। यो पहिलो वर्ष संविधान कार्यान्वयनको वर्ष भएकोले सरकार संविधान कार्यान्वयनमा कुनैपनि किसिमको ढिलाई चाहँदैन,’ उनले भने।

मुलुक केन्द्रबाट संघीय प्रणालीमा रुपान्तरण भएकोले रुपान्तरणको लागि गर्नुपर्ने केही कामहरु भैसकेका र केही कामहरु बाँकी रहेको बताउँदै भने,‘ अब बाँकी कामहरु पनि पूरा हुन्छन् । संघीय कानुन बन्ने चरणमा छ । प्रादेशिक कानुन र स्थानीय कानुनहरु पनि निर्माणको चरणमा छन् । कानुनहरु एकै रातमा बन्ने कुरा होईन । प्रक्रिया पूरा गरेर अघि बढ्छौं । कतिपय आवश्यक कानुनहरु संसदमा छन् । कतिपय निर्माण भैसकेका छन्।’

संघीय प्रहरी ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको उनले जनाए । उनले भने,‘कर्मचारी समायोजन ऐन अन्तिम चरणमा छ । अब बस्ने मन्त्रिपरिषद बैठकबाट कर्मचारी समायोजन ऐन अघि बढ्छ । संघीय प्रहरी ऐनपनि अघि बढ्छ । अरु थुप्रै ऐनहरु प्रक्रियामा छन्।’

 

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here