लागूऔषध चरेशसहित दुई भारतीय नागरिक पक्राउ

17
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : वीरगञ्जबाट प्रहरीले लागूऔषध चरेशसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

भारत पश्चिम बंगाल कोलकता–११ नारगेल मेनरोडका ३८ वर्षीय मोहमद सकिल र २६ वर्षीय मोहमद फरिदलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाटै पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध चरेश १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरी चेकजाँचका क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुले शरीरमा लुकाई लैजाँदै गरेको चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनीहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यसैगरि सर्लाहीबाट प्रहरीले लागूऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लहान नगरपालिका–१३ सेतिभिर बस्ने २८ वर्षीय हर्कबहादुर ब्लोनलाई ५ किलो गाजासहित पक्रेको हो ।
आइतबार साझ प्रहरीले पक्राउ परेका उनलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पत्थरकोटबाट गएको टोलीले गाजासहित ब्लोनलाई पक्रेको प्रदेश प्रहरी कार्यालय, प्रदेश २ का प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । प्रहरीले उनीहरुको थप अनुसन्धान गरिएको जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here