सेनाका जवान लागूऔषधसहित पक्राउ

14
  •  
  •  
  •  

काठमाडौं, २७ माघ(ओएनएस) : अवैध लागूऔषध खैरो हेरोइनसहित नेपाली सेनाका एक जवान पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट खैरो हेरोइनसहित कैलालीको बर्दगोरिया गाउँपालिका घर भएका ऐकन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

हाल नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत शाहीको साथबाट २२ ग्राम खैरो हेरोइन र उनीसँगै कैलालीका कृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीसँगै लागूऔषध कारोबारमा संलग्न रहेको बताइएको छ । दुवै जनालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाइने प्रहरीले बताएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here