प्रशासकीय अधिकृत श्रेष्ठ घुससहित पक्राउ

18
  •  
  •  
  •  

भक्तपुर, २ फागुन(ओएनएस) : जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।

अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो । श्रेष्ठलाई प्रशासन अगाडिको होटल स्वीट होमको शौचालयमा रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले बताएको छ ।

जग्गा किनबेचको क्रममा बैना गरेको ३ लाख ५० हजार रुपैयाँ फिर्ता गर्न माग गर्दै प्रशासन कार्यालयमा परेको उजुरी उपर कारबाही गर्ने क्रममा श्रेष्ठले रकम नदिए प्रहरीमा पठाएर थुनाइदने भनेपछि रकम दिन पीडित पक्ष राजी भएको बुझिएको छ ।

रकम फिर्ता गर्न २५ हजार रुपैयाँ मागेपछि त्यही रकम दिने क्रममा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राऊ गरेको बताइएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here