डीएसपी हूँ भन्दै अपराधिक गतिविधि गर्ने पक्राउ

20
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : नेपाल प्रहरीको डीएसपी हूँ भन्दै अपराधिक गतिविधि गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा रहेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाल डीएसपी हूँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका थापालाई कमलादीमा रहेको तिरुपति होटलको २०३ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।

बहालवाला डीएसपी हूँ भन्दै होटल तथा रेष्टुराहरुमा खाएको खानाकोसमेत पैसा नतिर्ने र महिलाहरुमाथि दुव्र्यवहारसमेत गर्दै आएको विशेष सूचनाको आधारमा थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले बताएको छ ।

थापालाई अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।
पक्राउ परेका थापा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here