लागुऔषध सहित पाँच जना पक्राउ

21
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : ललितपुर र उदयुरबाट प्रहरीले अवैध लागु औषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२ महालक्ष्मीस्थानबाट गाँजा ८ सय ग्राम, नियन्त्रित नाइट्रोभेट २ सय एम्पुल, ओनरफे ५ बोतल, १ सय एमएमको एक्सिलोन १ बोतल र १ सय एमएमको विनसिरेक्स ३ बोतलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ललितपुर चिवहाल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बखतबहादुर खडका, भारत भएका ३३ वर्षीय अजय ठाकुर, ललितपुर नख्खु बस्ने १८ वर्षीय बिजयकुमार स्याङतान र ललितपुर लगनखेल बस्ने गोरखा घर भएका १६ वर्षीय सुदिप बराम रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले बिहीबार साँझ उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैबीच उदयपुर चौदण्डी गढी नगरपालिका–५ सुन्दरपुर बजारस्थित सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर बस्ने २४ वर्षीय गोबिन्द परियारलाई अवैध लागुऔषध गाँजा करिब १ केजीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थानमा रहेको चिया पसलमा चिया खाइरहेका परियारलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here