अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै डेढ करोड ठगी गर्ने पक्राउ

13
  •  
  •  
  •  

काठमाडौं, २५ पुस(ओएनएस) : अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै १ करोड ५० लाख रुपैयाँ भन्दा बढी ठगी गर्ने एक युवक पक्राउ परेका छन् ।

गणेश ढकाल

पक्राउ पर्नेमा पाल्पा रिब्दीकोट गाउँपालिका ३ का निश्चल भन्ने गणेश ढकाल रहेका छन् । उनले २५/३० जनालाई अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी एक करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

पक्राउ परेका ढकालले पुतलीसडकमा गेट्स नामक कन्सल्टेन्सी खोलेर भक्तपुर सूर्यविनायक बस्ने आभास खनाललाई क्यानडा पठाइदिन्छु भनेर ७ लाख रुपैयाँ दिएका थिए ।

उनले क्यानडा नपठाई बाउन्स चेक दिई कन्सल्टेन्सीसमेत बन्द गरेर फरार भएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । ढकालले आफूले रकम लिएका सबैलाई बाउन्स चेक दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here