पहिराेकाे मारमा नारायणगढ–मुग्लिन सडक खण्ड, यात्रुलार्इ सास्ती

54
  •  
  •  
  •  

काठमाडौँ, १२ असार (ओएनएस) : नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको छ। मंगलबार बिहानैदेखि यातायात संचालन हुन सकेको छैन। जसकारण यात्रुहरुलार्इ गन्तब्यसम्म पुग्न समास्या भइरहेको छ। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान पाँच बजे जलबिरे, कालिखोला लगायतका क्षेत्रहरुमा ठूलो पहिरो गएको छ ।

पहिरो हटाउँन कम्तिमा चार घण्टा लाग्ने अनुमान गरिएको छ। आइतबार राति पनि ३ ठाँउमा पहिरो खस्दा सोमबार दिउँसोसम्म यातायात अबरुद्ध भएको थियो। सोमबार दिउँसो यातायात स‌ंचालनमा ल्याए पनि राति पहिरो खसेरफेरि सडक अबरुद्ध भएको हो।

मुख्य राजमार्ग बन्द हुँदाराजधानी र पोखराआउन जान समस्या भएको छ। प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ।


  •  
  •  
  •