पागल !

37
  •  
  •  
  •  

म पागल बन्न चाहन्छु
इतिहास रच्न
ताकि भावी विद्वानहरुले
रट्न सकुन्
किनकि,
गीता मैनाली
इतिहास पागलहरुले रच्ने गर्छन
विद्वानहरुले रट्ने गर्छन्
म स्वतन्त्र भएर बाँच्न चाहन्छु
तर, भोक, प्यास र निद्राले
सँधै मलाई गुलाम बनाउँछ
जब निद्रा लाग्छ
यी आँखालाई सुताई दिनुपर्छ मैले
जब भोक लाग्छ
यो भोको पेटमा अन्नपानी खन्याई दिनुपर्छ
मैले जति खाए पनि
कहिल्यै नअघाउँने पेट
अनि जति सुते पनि कहिल्यै नपुग्ने निद्रा
उफ् ! म कहिले सम्म ???
इमान्दारिताको खोलभित्र
दुनियाँको गुलामी गरेर
यिनको इच्छा पूरा गरौं ?
त्यसैले
 म पागल बन्न चाहन्छु
इतिहास रच्न ताकि
भावी विद्वानले रट्न सकुन् !!

 


  •  
  •  
  •