सभाध्यक्षको कदम नसच्चिएसम्म वार्तामा बस्दैनौः विपक्षी मोर्चा

364
  •  
  •  
  •  

opposition allianceकाठमाडौ, ११ माघ(ओएनएस) : प्रमुख प्रतिपक्षी दल एमाओवादी र त्यससँग आबद्ध मोर्चाले आफतबारको सभाध्यक्षले गठन गरेको प्रस्ताव समितिको कारण आफूहरुले आफूहरू संविधानसभाबाट नबाहिरिने बताएका छन् ।

सभाध्यक्षले ल्याएको प्रस्ताव आफैले पढेर सुनाएपछि आक्रोशित भएको विपक्षी मोर्चाले सभाध्यक्षलाई निर्णय नसच्याएसम्म कुनै पनि सहयोग नगर्ने निर्णय गरेका छन् । साथै कुनै पनि बैठक या छलफलमा भाग नलिने बताएका छन् । संविधानसभाको बैठक सकिएलगत्तै सिंहदरबारमा बसेको विपक्षी मोर्चाको बैठकले संविधानसभामा सुरू गरिएको बहुमतीय प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।

मोर्चाले बैठकले आजको सभाध्यक्षको आजको कदमलाई देशलाई द्धन्द्धमा धकेल्ने र देशमा प्रतिगमन धकेल्ने काम भएको निष्कर्ष नाकलेको छ । मोर्चाले ३० दलीय गठबन्धनको बैठक भोली १ बजे पुनः बसेर अन्य विरोधका कार्यक्रमहरू घोषणा गर्ने जनाएको छ ।

मोर्चाको बैठकपछि बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज बेलुका देशभर सभाध्यक्षविरूद्ध प्रतिकात्मक सबा गर्ने बताएका छन् ।

बैठकपछि जारी गरिएको वक्तव्यमा सभाध्यक्षको प्रस्ताव समिति गठन गर्ने निर्णयलाई प्रतिगामी र निरंकुश निर्णय भएको उल्लेख गर्दै निर्णयप्रति घोर भर्त्सना र निन्दा गरेका छन् । सभाध्यक्षको निर्णयले संविधानसभाको औचित्यमाथी प्रश्नचिन्ह खडा गर्ने शक्तिहरुलाई नै बल प्रदान गरेको समेत वक्तव्यमा उल्लेख गरिएको छ ।


  •  
  •  
  •