प्रधानमन्त्री ओलीले भने-‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउनेमा सबै क्षेत्रको सहयोग आवश्यक’

28
  •  
  •  
  •  

काठमाडौं, २९ भदौँ (ओएनएस) : प्रधानमन्त्री केपी ओलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने परिकल्पनामा सबै क्षेत्रको सहयोगको आवश्यक रहेकाे बताएका छन्। उनले भने ‘त्यसैका सरकारले सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेकाे छ।’

प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सुःखसहितको समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेकोे समेत दावी गरे । शुक्रबार काठमाडौंमा आयोजित एक आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दूई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि रहेको बताए । प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई पनि पुनः आह्वान गरे ।

नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सरकारले कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले सक्दो प्रयास गरिरहेको जनाए । कार्यक्रममा सत्तारुढ भारतीय जनता पार्टीका नेता गोपालकृष्ण अग्रवालले आर्थिक प्रजातन्त्रबारे चर्चा गर्दै भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने धारणा राखे ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here