‘कञ्चनपुर हत्या प्रकरणमा प्रधानमन्त्री ओली र प्रचण्डले माफी माग्नु पर्छ’

632
  •  
  •  
  •  

काठमाडौं, २९ भदाैँ (अाेएनएस) : नेपाली कांग्रेसले कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र सीअार्इबी लगायत प्रहरीका वरिष्ठ अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समेत कञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गरिरहेकाे समयमा विना ठाेस प्रमाण प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत अभिब्यक्ति दिएकाेले माफी माग्नुपर्ने बताएकाे छ ।

कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले निर्मला हत्या प्रकरणमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले गलत अभिब्यक्ति दिएकाेले सार्वजनिक रुपमै माफी माग्नुपर्ने बताए।

उनले शुक्रबार सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले माफी माग्नुपर्ने उल्लेख गरेका छन्।
नेता लेखकले फेसबुकमा स्ट्याटस लेख्दै ओली र प्रचण्डले निर्मला हत्या प्रकरणमा दिएको गलत अभिव्यक्तिका कारण माफी माग्नुपर्ने उल्लेख गरेका हुन्।

लेखकले फेसबुकमा लेखेका छन्, ‘निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रसङ्गमा झूठ्ठा बोल्ने सम्माननीय प्रधानमंत्री केपी ओली र महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने षड्यन्त्र हो कि भन्ने पूर्व प्रधानमंत्री माननीय प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नु पर्छ ।’


  •  
  •  
  •