प्रधानमन्त्री ओलीले-‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्’

541
  •  
  •  
  •  

काठमाडौं, ६ असाेज (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई र्मीमौरी झैं एकजुट भएर काममा लाग्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले मौरी जस्तै मेहनती बनेर जनताकाेह हितमा काम गर्नसमेत सुझाए।

प्रधानमन्त्री ओलीले भने, “कर्मीमौरी झैं एकजुट भएर काममा लागे देश निर्माण हुन धेरै समय लाग्दैन ।”

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाए । “आफ्ना आग्रह, पूर्वाग्रह छाडौँ, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताए ।


  •  
  •  
  •