प्रधानमन्त्री ओलीले भने-‘भ्रमणका उद्देश्यहरु मूलतः पूरा भएका छन्’

60
  •  
  •  
  •  

काठमाडौँ, १२ असार (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणकाे उद्देश्यहरु मूलतः पूरा भएको बताएका छन्। असार ६ देखि १० सम्म चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यसबारे मंगलबार सदनलाई जानकारी दिदैँ यस्ताे बताएका हुन्।

प्रधानमन्त्री अाेलीले संवाेधनकाे क्रममा चीन भ्रमणका उद्देश पूरा भएकोमा खुसी व्यक्तसमेत गरे। ‘मैले चीन भ्रमणमा जानुअघिको त्यसको उद्देश्यका बारेमा बताएको थिएँ’, प्रधानमन्त्रीले भने, ‘भ्रमणका उद्देश्यहरु मूलतः पूरा भएको छ।’

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका विभिन्न सम्झौताबारे सदनलाई विस्तृत रुपमा जानकारी दिदैँ प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिए पश्चात चिनियाँ पक्षबाट चाँडै नेपालको भ्रमण हुने बताए। प्रधानमन्त्रीले छिमेकी देशहरुसँग विगत भन्दा वर्तमान समयतमा सम्बन्ध ब्यापक सुधार भएकाे बताए।


  •  
  •  
  •