मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

घाटामा गएको आयल निगम अहिले मासिक ३४ करोड नाफामा

घाटामा गएको आयल निगम अहिले मासिक ३४ करोड नाफामा

काठमाडौँ, २ असार (ओएनएस)

न्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगम अहिले फाइदामा गएको छ ।

स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नेपाल आयल निगमले मासिक रु ३४ करोड नाफा कमाएको छ । आज आयोजित नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा सो कुराको जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेसागत इमान्दारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता भएमात्र आयल निगम अगाडि बढ्ने बताए ।

उनले कुनै पनि संस्था अगाडि बढाउन कर्मचारीको ठूलो हात रहेको बताए । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले लामो इतिहास बोकेको आयल निगमले गुणस्तरीय सेवा दिनुपर्ने बताए ।

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक रु ४० अर्ब राजस्व तिर्न सफल भएको जानकारी दिए ।

Comments are closed.

'
Scroll To Top