आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

267
  •  
  •  
  •  

काठमाडौं, २४ पुस (ओएनएस) : सरकारले  नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेकाे छ।

मन्त्रिपरिषद्को साेमबारको बैठकले उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनले साेमबार नै  महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई राजीनामा गराएपछि निगम निमित्तको भरमा रहेकोमा खुला प्रतिस्पर्धाबाट छनौट थालिएको थियाे।

कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनोटमा परेकाेमा आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो। उक्त मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो।


  •  
  •  
  •