ओबामाको बिदाइ सम्बोधनः अमेरिकालाई थप शक्तिशाली बनाए

410
  •  
  •  
  •  

REUTERS
REUTERS

काठमाडौं, पुस (एजेन्सी) : अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो आठ वर्षे कार्यकालमा अमेरिकालाई थप राम्रो र शक्तिशाली देश बनाएको बताएका छन् ।

आफूले राजनीतिक यात्रा सुरु गरेको शिकागो सहरमा हजारौँ समर्थकको उपस्थितिमा बिदाइ सम्बोधन गरेका ओबामाले आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्धको पुनस्र्थापना र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने कामलाई आफ्ना प्रमुख उपलब्धिको रुपमा प्रस्तुत गरे ।

अमेरिकामा अझै जातिवाद रहेको र त्यही नै अमेरिकाका लागि प्रमुख विभाजनकारी विषय रहेको ओबामाको निचोड रहेको बीबीसीले जनाएको छ ।

ओबामाले राष्ट्रपतिहरूबीच शान्तिपूर्ण रुपमा हुने शक्ति हस्तान्तरण अमेरिकी प्रजातन्त्रको आधारशिला भएको बताए।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा शपथग्रहण गर्दैछन् ।

सन् २००८ मा ओबामाले आफ्नो विजयी भाषण पनि शिकागो शहरमा नै गरेका थिए।

 


  •  
  •  
  •