प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा सापकोटा

  •  
  •  
  •  

काठमाडौं, असोज– प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको अध्यक्षमा पर्शुराम सापकोटा चयन भएका छन्।

आइतबार भएको मञ्चको अधिवेशनले सापकोटा लाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। एमालेको भ्रातृ संगठन रहेको मञ्च प्रवास संगठनको रुपमा काम गर्दै आएको छ।

मञ्चको अधिवेशन एमालेकी पोलिटब्युरो सदस्य तथा प्रवास विभाग इञ्चार्ज विन्दा पाण्डेले उदघाटन गरेकी थिइन्।विभिन्न देशमा छरिएर रहेका एमालेका कार्यकर्ताहरुलाई संगठित एवं क्रियाशिल बनाउने उद्देश्यले सन् १९९६ मा मञ्च स्थापना भएको हो।


  •  
  •  
  •