न्यूनटनको चालसम्बन्धी तेस्रो नियमअसफल, नेपालीयुवा वैज्ञानिक थापाको नयाँनियम स्विकृत

सरकारबाट सहयोग नपाएको युवा वैज्ञानिक थापाको गुनासो
1
  •  
  •  
  •  

काठमाडाैं, २८ असार (अाेएनएस) : नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमामान्यतापाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।

बिहिबार काठमाडाैँमा पत्रकार सम्मेलनगर्दै उनले सरकारको तर्फबाटआफ्नो अभियानप्रतिचासो नरहेको गुनासो पोखे । उनले करिब दूई बर्ष यसरी नै पत्रकार सम्मेलन गरी न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको दाबी गरेका थिए । तर नेपाल सरकार तथाशिक्षातथा विज्ञान प्रविधिमन्त्रालयले यसप्रतिचासो नलिएको सुनाए ।

उनकाअनुसार ‘‘कुनै दुई वस्तु सम्पर्कमा रहँदादिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’’उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्धारा आयोजितहालै सम्पन्न भएको Pure and Applied Physics 2018 नामक सम्मेलनमा आफ्नो नयाँ सिद्धान्त स्विकार भएको थापाको दाबी छ ।

आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्वसामू चिनाउन सफलभएको पनिउनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलिकतिपनि सहयोग नपाएको थापाले बताए ।

युवावैज्ञानिकथापाले भने,‘मेरो यो अभियानलाईअन्तराष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउँदा पनि बेवास्ता गर्यो । मेरो यो गूनासो शिक्षामन्त्रीसमक्षपनिपुगेको छ, तर कोष नभएर विषयदिननसकेको भनेर सहयोग पाईन्, एकदमै दुःखलागेको छ ।’

थापाले अघि थपे,‘मैले करिब दूई वर्ष अघिदेखि अनुसन्धानजारी राखेको थिएँ र पहुँचभएको मान्छेबाटे सहयोग भएन र पूर्ण रुपमा सफलभएन । र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’

नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनिप्रतिपादनगर्ने नयाँ घोषणा गरे । यसैक्रममाप्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउनखोजेको बताउदै यसकोनिम्ति सरकार लगायतविभिन्नव्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।

यसैक्रममा राजकुमार थापाका सहयोगिमोहनविकले देशको विकासकालागिपरेका यस्ता व्यतिmलाई सरकारले सहयोगको वातावरण सिर्जनागर्नुपर्ने बताए । उनले भने,‘नेपाललाई नयाँमोड र सिद्धान्त दिने यस्तो सिर्जनशिलयुवा वैज्ञानिकलाई सरकारले सहयोग गर्नुपर्छ, अनि मात्र विश्वमाचिनाउन सक्छ ।

त्यसैगरी राष्ट्रवादीविद्यार्थी संघका सचिव अनिल थारुले सरकारको पर्याप्तसहयोगको अभावले वैज्ञानिक विद्यार्थीहरु भविष्यन भएर विदेशिनुपर्ने वातावरण भएको बताए । यसको लागि उनले सरकारलाई दबाब दिन आग्रह गरे ।


  •  
  •  
  •