बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

एनआरएन अध्यक्षका दाबेदार भट्टको कोरियामा माहोल

bhawan-
काठमाडौं, ६ असोज (ओएनएस): गैर आवासिय नेपाली संघ (एनआरएनए)को अध्यक्षका दाबेदार भुवन भट्टको सम्भावना बलियो रहेको आँकलन गरिन थालिएको छ ।

गत हप्ता काठमाण्डौंमा उम्मेदवारी घोषणा गरेपछि उनको पक्षमा कोरियामा माहोल बनेको छ । एनआरएनएका वरिष्ठ उपाध्यक्षसमेत रहेको भट्ट पछिल्लो समय बनेका बिभिन्न समिकरण र उनको आफ्नै छविका कारण उनको सम्भावना बलियो बनेको आँकलन गरिँदैछ।

एनआरएन कोरियाका अधिकाँश सदस्यहरू भट्टलाई नै जिताउने अभियानमा छन् । कोरियामा रहेका नेपालीहरूको भट्ट संगको नजिक सम्बन्ध र एनआरएन भित्र सक्रिय अभियन्ता भएकोले पनि कोरियाका एनआरएन सदस्यहरू भट्टलाई अध्यक्ष बनाउनुपनेै पक्षमा लागेको त्यहाँस्थित नेपालीहरु बताउँछन् । विश्व सम्मेलनका लागि कोरियाबाट १२६ जनाले सहभागिता जनाउन पाउनेछन् ।

Comments are closed.

'
Scroll To Top