बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

एनआरएन के हो र कसको लागि ?

Dilliram-Siwakoti-248x300नेपालमा राजनीतिक पार्टीको उम्मेदवार हुन सहज नभएको कुरा पछिल्लो पटक भएको स्थानिय चुनावले देखाएको थियो । यस्तोमा नेताहरुलाई उम्मेदवार हुन र टिकट पाउन को लागि पैसा खर्च गर्नु पर्ने दृष्टान्तपनि देखियो ।

जसले गर्दा चुनावमा टिकट पाउन देखि जित्नका लागि पनि धेरै खर्च गुर्नपर्ने भएपछि भ्रष्टचारले प्रसय पाउने सम्भावना दिनप्रतिदिन बढ्दै छ । यस्तोमा राजनितीक दलले सिस्टमनै भ्रष्टचार प्रेरित बनाउन लागेका होइनन् भन्ने खतरा नेपालमा बढेको छ ।

तर नेपाललाई सुधार गर्नुपर्छ भन्ने गैर आवासीय नेपालीहरुको समूह एनआरएन अर्को भ्रष्टाचारको अखडा बन्ने खतरामा पुग्दै गरेको दृश्य हाम्रो सामु खतराका रुपमा रहन पुगेको छ ।

एनआरएन को चुनाबी माहोल विश्वभरि तातिरहेको वर्तमान अवस्थामा आफूलाई एनआरएन हुँ भनेर एनआरएन चुनावलाई एक उत्सव र एनआरएनए अभियानलाई देश र समाजको विकासको सम्बाहक बनाउने अनि देशको बिकृति र विसंगीतीलाई हटाउन विदेशको परिस्कृत, सुसंस्कृत भ्रष्टाचार रहित आचार ,ज्ञान ,प्रबिधि र सिस्टमलाई देश भित्र्याउने देशको बिग्रेको भ्रष्ट सिस्टममा सुधार ल्याउन सक्ने अभियान आफै दलदलमा फस्ने संकेत देखिदै गएको छ ।

एनआरएन कुनै सरकार हैन न त कुनै कानुनी आधारमा उभिएको प्राधिकरण या एनजीओ, नत आइएनजीओ नै । यो त एक विशुद्ध सामाजिक सुधार अभियान हो भने सबै विदेशमा बस्ने नेपाली यसका समान सदस्य । यसलाई प्रतिनिधित्व गर्ने यसको कार्यकारी समितिको चुनाबको माहोल अहिले संसार भरि चलिरहेको भएपनि यसका लागि संसार भरि नै नेतृत्वको होड बाजी पनि संगै अघि बढेको छ।

संसार भरिका गैर आवासीय नेपालीहरुको सदस्यता शुल्क र विविध गतिबिधिबाट संकलित आर्थिक कोषबाट चल्ने यो अभियानले उद्देश्यमुलक गतिबिधि र कार्यक्रम को लागि कोष बनाउने र आर्थिक संकलन अभियान चलाएर र लगानीका विविध कार्यक्रम र प्रोजेक्ट बनाएर लगानी संकलन गरि देशको आर्थिक सामाजिक विकासमा सघाउने प्रमुख उद्देश्य र कार्य हो र हुन पर्छ ।

त्यस्तै यसको अर्को प्रमुख कार्यभार भनेको विदेशमा रहेका नेपालीको सामाजिक ,आर्थिक ,सांस्कृतिक बिकास र उत्थानको लागि सबै एनआरएनलाई संगठित गरि एक शक्तिको रुपमा बिकास गरि त्यसको सदुपयोग गर्नु र सम्बन्धित देशमा रहेका नेपालीको हक ,हित र समस्याको समाधानमा सहजीकरण गर्नु हो ।

अधिकांश देशहरुमा त्यहाँ रहेका नेपालि को १० र १५ प्रतिसत एनआरएन मात्र सदस्यता लिएका र त्यसमा पनि अधिकांश सदस्य अरुले नै सदस्यता शुल्क तिरिदिएर बनेका अनि करकापमा बनेका सदस्य नै बढी छन् । चुनावमा धेरै जसो ले भोट पनि हाल्दैनन भने ठुलो जमातमा एनआरएन का गतिबिधि र कार्य हरुप्रति असन्तुष्टि रहँदै आएको छ ।

समस्या आफै भित्र छ र त्यसलाई सुधार गर्न बिधान, कार्यक्रम, कार्यशैली ,पारदर्शिता, कोष संचालनको लागि पारदर्शी कार्यविधि अपनाउन एनआरएन अझै सक्षम भएको पाइन्न । एनआरएन को सबै भन्दा ठुलो कमजोरी भनेको एनआरएन कोषको संचालन अपारदर्शी हुनु र एनआरएन कार्यसमिति आम एनआरएन सदस्यहरु प्रति जवाफदेहि हुनुको सट्टा आफै भित्र पनि जवाफदेही नहुनु र केहि व्यक्ति र पदिय व्यक्ति हरुको सल्लाह र सहमति लाई नै एनआरएन को सबै गतिबिधि गर्ने म्यान्डेट को रुपमा बुझिनु हो ।

यस्तै संकिण संस्कारकै कारण आम एनआरएनहरु यो संस्था या अभियान प्रति विश्वस्त र स्वस्थ हुन सकिरहेका छैनन् भने एनआरएन भएर विविध जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरु पनि वितृष्णा छन् र आफुलाई अभियानबाट बिमुख गराउदै गइरहेका छन् ।

यस्तोमा जापानमा पनि एनआरएनको चुनावको मुख मा आइपुगेको भएपनि अहिलेको कार्यसमिति आफ्नो कार्यकालको अन्तिम समयमा आइ पुग्दापनि हाल सम्म निर्वाचन प्रयोजन का कुनै गतिबिधि सार्वजनिक गर्न सकेको छैन ।

निर्वाचन कमिटि गठन भएको छैन.जापान एनआरएन लगायत सबै संघ संस्था र एनआरएन हरुलाई अहिले नेपाल फेस्टिभल ले छोपेको छ । अब को केहि समय नेपाल फेस्टिभलमानै ब्यस्त हुने पक्का छ । लगत्तै निर्वाचन गराउने जिम्मेवारी हाल को कार्यसमिति मा छ । आशा गरौ आम अपेक्षा अनुरुप नै हालको कार्यसमितिले दुवै कार्यभार सफलतापूर्वक र बिधि बिधान अनुरुप प्रजातान्त्रिक पद्दति अनुरुप नै सम्पन्न गर्ने छ ।

तर यसै सन्दर्भमा हाल उम्मेदवारी घोषणाको लहर र उत्साह चलिरहेको अवस्थालाई हेर्ने हो भने एनआरएन चुनाव नेपालको संसदीय चुनाव भन्दा पनि महँगो हुने छ । एक सामाजिक उद्देश्यले संगठित संस्था को चुनाब देशको राजनीतिक दलको संसदीय चुनाव भन्दा पनि महँगो हुने माहोल ले कसलाई फाइदा गर्ला र के को लागि अनि कसको लागि ?

कानुनी रुपमा हरेक एनसीसी हरु सम्बन्धित देशको कानुनी परिभाषा भित्र पर्दैनन् । त्यसैले खासै कुनै कानुनी हैसियत पनि हुदैन । एनआरएन एक बिसद्ध सामाजिक कार्य गर्न को लागि गठित संस्था हो । यसले कुनै राजनीतिक या आर्थिक नीति नियम र अन्य कुनै तौर तरिका ले यसका सदस्यलाई प्रभावित पर्ने हैसियत पनि राख्दैन ।

कसैको सामान्य झगडा मा पनि यसले कानुनत कुनै कदम उठाउने हैसियत राख्दैन । त्यस्तो कुरा सम्बन्धित देशको कानुन अन्तर्गत पर्दछन । पछिल्लो समयको चर्चालाई मान्ने हो भने अब यस्तो संस्था को सदस्य या अन्य कुनै पदमा उम्मेदवार हुनका लागि दस्तुर लाग्ने पक्का छ । जुन यस्तो रहने छ :

सदस्य १० मान , कोषाध्यक्ष २५ मान , महासचिव ३० मान ,उपाध्यक्ष ३५ मान , अध्यक्ष ५० मन, आईसिसि सदस्य १०० मान ।

यदि यो सत्य हो भने अब प्रश्न उठ्छ कि एनआरएन कसको संस्था हो ? एक सामाजिक संस्थाको कार्यसमितिमा प्रतिस्पर्धा गर्न किन यति धेरै पैसा शु ल्क को रुप मा बुझाउने ? पैसा नहुने हरु एनआरएन हुन कि होइनन् । हुन् भने एनआरएन को कार्यसमितिमा उम्मेदवार हुने हक उनीहरुले पाउने कि नपाउने ? एनआरएन धनि को मात्र संस्था हो? एनआरएन को अर्थ विदेशमा भएका धनिहरुले गरिवहरुसंग सदस्यता शुल्क उठाएर चल्ने संस्था हो ?

धनिहरुले गरिव माथि धाक–रवाफ देखाउने संस्था हो त एन आर एन ? प्रजातान्त्रिक परिपाटी मा यस्तो हुन्छ त ? एक आदर्श समाज निर्माण अभियान मा यति धेरै पैसा को चलखेल हुन्छ भने कसरि यसका कार्यकारी पधाधिकारी भ्रष्टाचार रहित शुद्ध आचारणमा काम गर्न सक्छन ?

अझ उदेक लाग्दो कुरा त यहाँ यो छ कि एनआरएन अध्यक्षको उम्मेदवार ले जित्न को लागि हजारौ मान खर्च गर्न सक्नु पर्ने अवस्था सिर्जना भएको छ । हजारौको कुरा छोडौ सयौं मान मात्र पनि खर्च चुनावमा गरेर चुनाव जित्ने ले सामाजिक सेवा गर्छ ।

सामाजिक सेवा नै गर्ने ले त त्यो सयौ हजारौ मानले त नेपाल मा या बिदेशमानै ठुलो समाज सेवा गर्न सक्छ । त्यसैले एनआरएन एक राजनीतिक अभियान भै सकेको हो त ? एन आर एन राजनीति को जस्तै सत्ता र शक्ति प्राप्तिको उद्देश्य र एजेण्डा भएको संस्था भएको हो त ? हैन भने किन यत्रो आर्थिक चलखेल ?

सामान्य रुपमा उम्मेदवार हुन १ र २ मान २ र ४ मान उम्मेदवारी शुल्क हुनु स्वाभाविक होला. संकलित रकमले निर्वाचन गर्ने र बच्ने रकम कोषमा राखेर माथि भनिएका सामाजिक कार्यक्रम हरुमा खर्च गर्ने हुन पर्ने हो ।

अतः सम्पूर्ण एनआरएन प्रेमी एनआरएन आवश्यक अभियान हो भन्ने मान्यता राखने सर्वसाधारण एनआरएन अभियन्ता विभिन्न पदमा पुगेका पदाधिकारी र सम्पूर्ण जापानबासी नेपाली समुदाय सामुदायिक नेतृत्व वर्गहरुले सोच्ने र त्यसै अनुरुपका सुधारको पहल पहल गर्ने हो कि ?-नेपाल जापान

Comments are closed.

'
Scroll To Top