गैरआवासीय नेपाली संघको विश्व सम्मेलन अक्टोबर १३ देखि

26
  •  
  •  
  •  

काठमाडौं, २८ पुस(ओएनएस) : गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ ।

संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न काठमाडौमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकमा सो निर्णय गरिएको हो । कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो ।

यसैबीच बैठकले बहुप्रतिक्षित गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी वैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ । यस्तै जनकपुरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना समेत अन्तिम चरणमा रहेकोले छिट्टै सो परियोजना पूरा हुने जानकारी बैठकमा गराइएको छ ।

यसैगरी नेपालमा आर्थिक लगानीसँगै ज्ञान सीप र प्रविधि भित्र्याने, उज्यालो नेपाल परियोजनालाई तीव्रता दिइने, नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहकार्य गर्ने, नेपालका हाइडोपावरमा लगानी गर्ने, एक सय मिलियन डलरको लगानी नेपालमा भित्र्याउने योजनालाई मूर्त रुप दिने, कृषिमा आधुनिकिकरण एवं बजारीकरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै अघि बढ्ने लगायतका आगामी रणनीति समेत तय गरेको छ । बैठकमा संघलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने विषयमा पनि छलफल गरिएको छ । यस्तै गैरआवासीय अन्तर्राष्टिय पत्रकारिता पुरस्कारका लागि छनोट कमिटी बनाउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा विभिन्न संघका विभिन्न समितिहरुले आ–आफ्नो वार्षिक कार्य प्रगति पेश गरेका थिए । बैठकमा अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, कोषाध्यक्ष सपिला भण्डारी, प्रवक्ता भूषण घिमिरे, क्षेत्रिय संयोजक, उपसंयोजक, आइसीसी सदस्यहरु , सल्लाहकारहरु, अनररी काउन्सिल सदस्य लगायतको प्रत्यक्ष र करिब सय जनाले अनलाइन मार्फत सहभागिता जनाएका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here