यौन हिंसा र बलात्कारबिरुद्ध लड्ने यी दुर्इ अभियन्तालार्इ नोबेल शान्ति पुरस्कार

495
  •  
  •  
  •  

काठमाडौं, १९ असाेज (अाेएनएस) :  यस वर्षको नोबेल शान्ति पुरस्कार यौन हिंसाविरुद्ध लडेका दुई जनालाई प्रदान गरिने भएको छ। शुक्रबार नोवेल समितिले बलात्कारकाबिरुद्ध अभियान चलाउने यजिदी महिला नादिया मुराद र कङ्गोका डेनिस् मक्वेजलाई संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।

नोवेल समितिका अध्यक्ष बेरत रिज एण्डरसनका अनुसार अपराधबिरुद्धको लडाईका दुबै जनाले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

बीबीसीका अनुसार मुराद स्लामिक स्टेटका मिलिसियाको यातना र बलात्कारको शिकार भएकी थिइन् भने प्रसुतिबिज्ञ मुक्वेजले पीडितहरुको उपचार गर्दै आएका छन् । इराककी मुराद वजिदी कुर्दिस मानव अधिकार अभियन्ताका रुपमा परिचित छिन् । यस वर्ष नोवेल शान्ति पुरस्कारका लागि ३३१ व्यक्ति तथा संस्था नोमिनेशनमा परेका थिए


  •  
  •  
  •